प्रधानअध्यपकको भनाई

शिक्षा मानव जीवनको तेस्रो आँखा हो । जसरी आँखाविना संसार देख्न सकिदैन त्यसैगरी शिक्षाविनांं संसार देख्न वा कल्पना गर्न सकिदैन । शिक्षाले मानवलाई जगत हस्तान्तरण गरी समाजको एकता शक्ति र समृद्ध समाजलाई योग्य तथा दक्ष जनशक्ति उत्पादन गर्दै जनशक्ति वैज्ञानिकरण सूचना तथा प्रविधिमैत्री सिकाई मार्फत समाजलाई योग्यतम समृद्धशाली समाज निर्माण गर्न परापूर्वकालदेखि नै यसको महत्वपूर्ण भूमिका विगतदेखि अनन्तकालसम्म रहने कुरा प्रायः निश्चित छ । यसरी शिक्षाको उज्यालो घामबाट समाजमा कोही पनि नागरिक वञ्चित नहोउन भनेर नेपालको संविधान, २०७२ ले शिक्षालाई मौलिक हकको रुपमा परिभाषित गरी कक्षा १–८ आधारभूत तह अनिवार्य र निःशुल्क मा.वि. तह (९–१२) शिक्षाको नीति नेपाल सरकारले अंगिकार गरेको हुँदा श्री जनता मा.वि. सुनछहरी –३ गामको ६० वर्षे गौरवमय इतिहासको अवसरमा कक्षा ११ सहित नयाँ काचुली फेर्न आजको ज्वलन्त आवश्यकता भएको हो, जुन, गामवासीहरुका लागि एकताको गौरव र पहिचानको प्रतिक बनेको कुरा घाम जस्तै छर्लङ्ग छ । कक्षा ११ र १२ हासिल गर्न लिवाङ, दाङ,काठमाण्डौ लगायतका स्थानमा जानुपर्ने वाध्यता रहेको विद्यमान अवस्थामा शिक्षामा सबैको पहुँच, गुणस्तर, सक्षमता, उद्यमशीलता समता आजको अपरिहार्यता हो । विद्यालयमा उपलब्ध सेवासुविधाहरु सेवाक्षेत्रका सबै बालबालिकाहरुले उपयोग गरी सुन्दर भविष्य निर्माणको महान यात्रामा प्रयत्नशील भई विद्यालयको दीर्घकालीन उद्देश्य पूरा गर्न सबैमा अनुरोध गर्न चाहन्छु ।
अन्तमा यस विद्यालय स्थापना काल देखि यहाँसम्म विकास गराउनमा अमूल्य योगदान पु¥याउने हाम्रो सम्पूर्ण अग्रज संस्थापक, शिक्षक, आम बुद्धिजीवी, अभिभावकहरु लगायत सबै सरोकारवालाहरुको योगदानलाई कदर गर्दै हार्दिक धन्यवाद ज्ञापन गर्दछु । विद्यालयको प्रगतिको लागि थप सुझाव सल्लाहको अपेक्षा समेत गरिन्छ ।

 

बागबिर घर्तीमगर
(प्रधानअध्यपक)
श्री जनता माद्यामिक बिद्यालय

Events

डाउनलोअड