आर्थिक स​ह​योग​ स​ङ्कल​न​ अभियान​

ज​न​ता मा. वि. गाम​ रोल्पाको १०+२ स​न्चाल​न​को लागि आर्थिक स​ह​योग​ स​ङ्कल​न​ अभियान​को क्र​म​मा मान​निय​ उर्जा, ज​ल​श्रोत​ त​था सिचाई म​न्त्रि ब​र्ष​मान​ पुन​ ज्यूको कार्य​कक्ष​मा (क व​र्ग​) श्रि ज​य​न्ति निर्माण​ सेवाको प्रोप्राईट​र​ श्री ख​गेन्द्र​ बुढाम​ग​र​ ल​गाय​त​ अभियान​ टोलीका स​ह​भागीह​रु

श्री जनता माध्यामिक विधालय

विक्रम सम्वत २०१८ सालमा प्राथमिक विद्यालय तह स्थापना भई हालसम्म निरन्तर रुपमा शैक्षिक वातावरण प्रदान गर्दै आएको

हाम्रो बारे

श्री गाम प्राथामिक विद्यालय मिति २०१६ फागुन १ गते  शनिवारको दिन गाम वडान. ७ मङसिरे थालामा जनसहयोगबाट  स्थापना भई स्थानीय शिक्षक वडान.२ पाङवाङ निवासी श्री बलबहादुर घर्तीमगरबाट पठनपाठन गरि २ वर्षसम्म सेवा गरेको देखिन्छ । स्थापना हँुदाका बखतमा यस विद्यालयमा ९२ जना विद्यार्थी अध्ययनरत रहेका थिए । वि.स. २०१८सालमा प्यूठान जिल्ला खबङ्रेखोला निवासी भरतमणि शर्माले १वर्ष, २०१९ साल पुण्यखोला घर भएकी कमला कुमारीले ,१ वर्ष २०२०मा दम्ती गाउँ बस्ने भिमबहादुर केसी र गाम निवासी रत्न बहादुर बुढामगरले १वर्ष सेवा गरेको देखिन्छ ।

शिक्षा मानव जीवनको तेस्रो आँखा हो । जसरी आँखाविना संसार देख्न सकिदैन त्यसैगरी शिक्षाविनांं संसार देख्न वा कल्पना गर्न सकिदैन । शिक्षाले मानवलाई जगत हस्तान्तरण गरी समाजको एकता शक्ति र समृद्ध समाजलाई योग्य तथा दक्ष जनशक्ति उत्पादन गर्दै जनशक्ति वैज्ञानिकरण सूचना तथा प्रविधिमैत्री सिकाई मार्फत समाजलाई योग्यतम समृद्धशाली समाज निर्माण गर्न परापूर्वकालदेखि नै यसको महत्वपूर्ण भूमिका विगतदेखि अनन्तकालसम्म रहने कुरा प्रायः निश्चित छ । यसरी शिक्षाको उज्यालो घामबाट समाजमा कोही पनि नागरिक वञ्चित नहोउन भनेर नेपालको संविधान, २०७२ ले शिक्षालाई मौलिक हकको रुपमा परिभाषित गरी कक्षा १–८ आधारभूत तह अनिवार्य र निःशुल्क मा.वि. तह (९–१२) शिक्षाको नीति नेपाल सरकारले अंगिकार गरेको हुँदा श्री जनता मा.वि. सुनछहरी –३ गामको ६० वर्षे गौरवमय इतिहासको अवसरमा कक्षा ११ सहित नयाँ काचुली फेर्न आजको ज्वलन्त आवश्यकता भएको हो, जुन, .....

भिडियो ग्यालरी