हाम्रो बारे

१.विद्यालयको संक्षिप्त इतिहासः

श्री गाम प्राथामिक विद्यालय मिति २०१६ फागुन १ गते  शनिवारको दिन गाम वडान. ७ मङसिरे थालामा जनसहयोगबाट  स्थापना भई स्थानीय शिक्षक वडान.२ पाङवाङ निवासी श्री बलबहादुर घर्तीमगरबाट पठनपाठन गरि २ वर्षसम्म सेवा गरेको देखिन्छ । स्थापना हँुदाका बखतमा यस विद्यालयमा ९२ जना विद्यार्थी अध्ययनरत रहेका थिए । वि.स. २०१८सालमा प्यूठान जिल्ला खबङ्रेखोला निवासी भरतमणि शर्माले १वर्ष, २०१९ साल पुण्यखोला घर भएकी कमला कुमारीले ,१ वर्ष २०२०मा दम्ती गाउँ बस्ने भिमबहादुर केसी र गाम निवासी रत्न बहादुर बुढामगरले १वर्ष सेवा गरेको देखिन्छ । सो समयमा विद्यालयको  भौतिक अवस्था नाजुक भई पठनपाठनमा समेत २ महिनासम्म अवरुद्व भएको  देखिन्छ ।

वि.स. २०२१साल आषाढ ३२ गनेका दिन श्री ५को सरकार शिक्षा विभागबाट विद्यालय स्वीकृत  पाई सिद्वखोर प्राथामिक विद्यालय मङसिरे थालामा सञ्चालन भएको र प्र.अ. गाम–२ निवासी दिलबहादुर घर्तीमगरको छोरा बलबहादुर घर्तीमगर मासिक तीनसय  पारिश्रमिक लिई काम गरेको २०३१/६/२ को मासिक अभिलेखबाट थाहा पाउन सकिन्छ ।विद्यालय पत्रमा (स्वीकृत पत्रमा उल्लेख भए बमोजिम तत्कालीन सेक्रेटेरी नाममा श्री कृण्ण प्राईमरी स्कुल प्यूठान गामका नाममा नामबाट श्री डिभिजनल इस्पेक्टर अफ स्कूल्स अफिस  क्षेत्र न. ५ तौलिहवावाट ९३३/०१३ मिति २०१७ /१/२ गनेको स्वीकृत पत्रमा शिक्षा विधानको दफा १३ले यस विद्यालयलाई अख्तियारी दिएको थियो ।

भौगौगिक कठिनाइका कारणले २०३२ सालगाम वडान. ७ मङसिरे थालाबाट गाम–५ जरवाङमा सारियो । वि.स. २०३२/९/१ साल देखि मात्र यस विद्यालयले गाम प्राथामिक विद्यालय ठूलो गाउँको नामले कक्षा १–३ सम्म स्वीकृत प्राप्त,२०३९सालमा कक्षा४,२०४०/१०/६ मा कक्षा ५ स्वीकृत वि.स. २०४४/२०४५मा तल्कालीन प्रधानपञ्च श्री बिरबादुर बुढामगरको पहलमा वि.स. २०४६/४/१मा कक्षा ६ २०४७मा ७ २०५५/२/५मा ८ २०६७/१/१२ मा ९ २०६८मा १० र २०७५/१२/२६मा कक्षा ११ स्वीकृत भई हाल पठनपाठन  भैरहेको छ ।

२.सेवाक्षेत्रको अवस्थाः

श्री जनता मा.वि. गामको सेवाक्षेत्र अन्र्तगत हाल सुनछहरी –२,३ गाम, सुनछहरी–४स्यूरी, सुनछहरी–१,सेरम लगायतका आसपासका वडा तथा गाउँ रहेका छन् । हाल यस विद्यालका सेवाक्षेत्रबाट अधिकांश विद्यार्थीहरु पैदल हिडेर यस विद्यालयमा आउँछन ।

३.भौगोलिक अवस्थाः

यस विद्यालय सदरमुकाम लिवाङदेखि २८कोष पूर्व उत्तर १७०१ मिटरको उचाईमा अवस्थित रहेको, १० वटा स्थानीय तह मध्ये सर्वाधिक ठूलो र दुर्गम स्थानीय तह सुनछहरी गा.पा. अन्र्तगत वडा न.३ गाममा पर्दछ ।

४.सामाजिक अवस्थाः

यस सेवाक्षेत्र अन्र्तगत ९० प्रतिशत जनताहरु मगर जाती रहेको र त्यसमा पनि घर्ती,बुढा, तथा दलितमा ,कामी ,सार्की दमाई आदिको बसोबास रहेको, मगरहरुले अठार मगराँत मगर भाषा बोल्ने गरेको पाईन्छ ।

विद्यालयको उद्वेश्यः

  • सर्वसुलभ तथा निशुल्क शिक्षा प्रदान गर्ने
  • राज्यले अगंीकार गरेको समावेशी शिक्षानीतिलाई आत्मसाथ गर्दै द्वन्द्वपीडीत दलित,अपाङ,अशक्त गरिब,महिला जनजाती लगायत शिक्षाको उज्यालो घामबाट बञ्चित वर्ग तथा समुदायलाई शिक्षाको मूलधारमा प्रभाविकरण गर्ने,
  • ३्.गुणस्तरीय शिक्षाको माध्यमबाट राष्«ट तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रतिस्प्रधि तथा योग्य नागरिक
  • बनाउने,

Events

डाउनलोअड